मधेशमा राष्ट्र विखण्डनको मुद्दा अन्त्य भयाे, अब विकासतर्फ अग्रसर: मन्त्री पण्डित

 

फागुन ३०, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि सरकारलाई सह्य नहुने बताएका छन् । 

बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले यस्तो बताएका हुन् । 

null

सरकारले सीके राउतसँग गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको दावी गर्दै उनले भने, ‘सम्झौताको पालनाका लागि दुवै पक्ष इमान्दार बन्नुपर्छ । संविधानको मर्मविपरीत त्यसको व्याख्या गर्नु हुँदैन ।’ 

मन्त्री पण्डितले राउतसँगको ११ बुँदे सहमतिको दोस्रो बुँदा जनअभिमतको आशय जनमत संग्रह नभइ, निर्वाचन रहेको स्पष्ट पारे । सहमतिपछि मधेशमा अब राष्ट्र विखण्डनको मुद्दा अन्त्य हुने भन्दै उनले देश समृद्धि तथा विकासतर्फ अग्रसर हुनेछ भने । 

सरकारसँगको सहमतिविपरीत सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेसका गतिविधि जारी राखे सरकारले त्यसलाई नियन्त्रण लिने पनि बताए । सिके राउतले सहमतिको पूर्णपालन नगरे सरकारले एक्सन लिने उनले चेतावनी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *