एसईई : प्रदेश २ मा सामाजिक विषयको प्रश्नपत्र आउट, आजको परीक्षा रद्द


चैत १५, काठमाडौँ । एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले साढे ७ बजे प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्न पत्र आउट भएको पुष्टि गरेको थियो ।
कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्न पत्र आउट भएको पुष्टि पछि प्रदेश २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए। उनले भने, ‘सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्टहरु भाइरल भएको थियो।
null
त्यो पुष्टि पनि भयो। हामीले आजको परीक्षा रद्द गरेका छौं। तर अर्को परीक्षा कहिले गर्ने भन्नेबारे मिति केहीबेर पछि निर्णय हुनेछ।’
रातो कागजमा छापिएको प्रश्नपत्र सहित सामाजिक सञ्जालमा बिहीबार रातिदेखि नै प्रशस्तै पोष्टहरुगरिएको थियो।
