वाइडबडि भ्रष्टाचार प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैनः प्रधानमन्त्री

 

फागुन १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडि अनियमितता प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । 

ताप्लेजुङको सिस्ने खोला क्षेत्रमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवंगत भएका मन्त्री अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडि भ्रष्टाचार प्रकरणमा मन्त्री अधिकारी निर्दोष रहेको बताएका हुन् । 

null

वाइडबडि घोटाला प्रकरणमा रवीन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद् भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अधिकारीसँग सरोकार नै नभएको विषय जोडेर उनको बद्नाम गर्न खोजियो । त्यो वाइडबडी खरिद प्रकरण उहाँ मन्त्री हुनुभन्दा पहिलेको कुरा हो । यसमा उहाँको संलग्नता नै छैन’, 

प्रम ओलीले मन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रमा असाधारण काम गरेको भन्दै पर्यटनमन्त्री अधिकारी कर्मठ, क्रियाशील स्वभावको रहेको उल्लेख गरे । 

मन्त्री अधिकारीकै सक्रियतामा ६ वटा विमास्थलमा रात्री उडान सञ्चालन, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि बढाउने काम भएको ओलीले बताए । अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको भन्दै उनले दुःख व्यक्त गरे । 

नेकपा संसदीय दलको शुक्रबारको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गरेको छ। यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निर्णय समेत गरेको छ ।  

प्रधानमन्त्री ओलीले सो हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको परिवारको अवस्था र आवश्यक्तालाई हेरेर सरकारले आवश्यक आर्थिक सहायता उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *