निर्मला हत्या प्रकरणः डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ जना पक्राउ

 

फागुन २३, काठमाडौँ । निर्मला बलात्कार तथा हत्या प्रकरणमा आठ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर भएसँगै अनुसन्धानका लागि प्रहरीले केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई पक्राउ गरेको छ । 

बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने अन्य ६ जनालाई अदालतमा उपस्थित गराइएको छ । निर्मला हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको, अनुसन्धानमा लापरवाही भएको र प्रमाण नष्ट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।  

null

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी जवान चाँदनी साउदविरुद्ध जाहेरी दिएका थिए। 

गत साउन १० गते कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *