मधेसमा अस्थिरता ल्याउने प्रयास कांग्रेसलाई मान्य हुँदैनः सभापति देउवा

 

फागुन २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सिके राउतबीचको सहमति सकारात्मक भएको बताएका छन् । 

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मुलधारको राजनीतिमा आउनु सकारात्मक भएको धारणा राखेका हुन् । 

null

‘स्वतन्त्र मधेसका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भएतापनि सरकारले बुँदागत रुपमा गरेको सहमतिबारे थप अध्ययन गर्नेछु’, सभापति देउवाले भने । 

राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा भएको तर्क गर्दै उनले भने, ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ । देश टुक्राउने गरी मधेसमा अस्थिरता ल्याउन जनमत सङ्ग्रहको प्रयास भए पार्टीलाई अमान्य हुनेछ ।’ 

सभापति देउवाका अनुसार आगामी महाधिवेशनबाट नयाँ रुप आउने हुँदा महाधिवेशन प्रतिनिधिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न पाउने छन् । 

पार्टीको विवाद प्रसंगमा बोल्दै उनले पार्टी विधान अनुसार चल्नुपर्ने भएपनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेका कारण विवाद निस्किएको बताए । 

नेविसंघका नेताहरुले नै आफैँले बनाएका विधान कार्यान्वयन गर्न नसकेका कारण विवाद उत्पन्न भएको उनको भनाइ छ । कांग्रेसले सबै धर्मलाई समान व्यवहार गर्ने भन्दै देउवाले धर्मको विषयमा पछाडी नर्फकने पनि स्पष्ट पारे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *