नेकपाका नेताद्वारा आफ्नै ‘गर्लफ्रेन्ड’ को हत्या, शव गायव बनाउन कोशीमा फालेको खुलासा

 

फागुन २६, काठमाडौँ । बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङले मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरेको खुलासा भएको छ । 

फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी रमिला राईको नेता गुरुङले हत्या गरी शव कोशी नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । 

null

महिलाको हत्या गरी फरार रहेका गुरुङ तीन दिनअघि इलामबाट पक्राउ परेसँगै घटनाको रहस्य बाहिरिएको हो । नदीमा बगाएका कारण राईको शव भने फेला परेको छैन । 

गत फागुन १७ गते राति प्रमिला हराएकी थिइन् । हराएको राति दुवैजना सुन्दरहरैंचा विराटचौकस्थित हवाना रेष्टुरेण्टमा गएका थिए । उनी बेपत्ता भएपछि प्रहरीले सम्पर्क गर्दा गुरुङले आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाब भएको बताएका थिए । 

रमिला नभेटिएपछि आफन्तले दिएको जानकारीका आधारमा स्थानीय बासिन्दा, परिवारका सदस्य र प्रहरी मिलेर विभिन्न ठाउँमा रमिलाको खोजी गरेका थिए। 

हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ। उनकी एक छोरी छन्। गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *