मन्त्री अधिकारीका बुवा-आमा पोखरा फर्किए

 

                                                 फाइल फाेटाे 

फागुन १६, काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल प्रस्थान गर्ने भएकी छिन् । 

null

उपराष्ट्रपति नन्दबहादुर पुन पनि श्रद्धाञ्जलीका लागि टुँडिखेल जाने बताइएको छ । 

बुधबार ताप्लेजुङको सिस्ने खोला क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । 

ज्यान गुमाएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ । 

मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा गर्ने तयारी भइरहेको छ । 

मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ। शुक्रबार बिहानसम्म मन्त्री अधिकारीको शव पोखरा लगिनेछ र अन्तिम श्रद्धाञ्जलिपछि रामघाटमा अन्त्यष्ठि गरिने जानकारी दिइएको छ । 

मन्त्री अधिकारीका बुवा आमा भने पोखरा फर्किएका छन् । छोराको निधनको खबर सुनेर काठमाडौँ आएका उनीहरु शव काठमाडौँ ल्याएपछि पोखरा फर्किएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *