गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई

 

काठमाडौं, १५ चैत । रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना प्रकाशन प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई दिने घोषणा गरेको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुन् । 

null

विगत साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा अविरल क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो । 

वि.स. २०४२ साल मंसिर १५ गते कामना मासिक प्रकाशन गरेर श्रेष्ठले पत्रकारिताको यात्रा तय गरेका हुन् । नेपाली पत्रकारिताको व्यवसायिक जग बसाल्ने श्रेयपनि श्रेष्ठलाई नै जान्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *