काठमाडौंमा एक लाख तरुण उतार्ने भन्दै महासचिव शाहीले दिए चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टिलाई मजबुत बनाउन आग्रह गरेका छन् । उनले संसदको ठूलो प्रतिपक्षी दलमा गुटगत असन्तुष्टिहरु सार्वजनिक हुन थालेपछि पार्टी नेतृत्वलाई आन्तरिक एकता गरी पार्टि मजबुत बनाउन आग्रह गरेका हुन् । 

महासचिव शाहीले बुधबार पत्रकार सम्मेलन गरेर नेतृत्वलाई आन्तरिक एकता मजबुत बनाउन आग्रह गरेका हुन् । सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध लड्नुपर्ने भएकाले पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउन अत्यावश्यक रहेको उनको भनाइ थियो । 

 

null

अहिले आन्तरिक गुटगत राजनीति छाडौ । महाधिवेशनमा आ आफ्ना गुटका पक्षमा लागौंला, उनले भने, अहिले कम्युनिस्ट सर्वसत्तावादसँग लड्नुपर्ने बेला हो । गुटगत स्वार्थ पर राखेर आन्तरिक एकता मजबुत बनाऔं । 

उनले सरकारले गरिरहेका गलत निर्णयकाविरुद्ध तरुण दल सरकारविरुद्ध सशक्त आन्दोलनको तयारीमा रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्षमा जनताले धेरै दुःख पाएको भन्दै शाहीले सरकारलाई सच्याउन तरुण दलले आन्दोलनको आँधीबेहेरी सिर्जना गर्ने दाबी समेत गरे । 

पहिलो वर्ष हामीले सरकारलाई खबरदारी गर्दागर्दै कैयौं गलत काम भएका छन् । लोकतन्त्रको घाँटी निमोठ्ने सरकारविरुद्ध अब ठूलो आन्दोलन गर्छौ, उनले भने, काठमाडौंमा एक लाख तरुण उतार्ने गरी आन्दोलनको तयारीमा छौं । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *