भाईरल बन्यो रविन्द्र अधिकारीको सम्झनाको शोक गीत (भिडियाे सहित)

फागुन १८, काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मनछुने शोक गीत गाएका छन् । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोक गीतले धेरैको मन छोएको छ ।  

सत्य भनेको मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ । तर, मन्त्री अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । देशले आशा र भरोसा गरेको नेता गुमाएको भन्दै धेरैले मन थाम्न नसकेको अवस्थामा भर्खरै सार्वजनिक गी गीतले झनै भावबिह्ल बनाएको छ ।  

सारंगी रेटेर गायीएको गीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । यस्तै राजनीतिक जीवनका आरोह अवरोह पल्टाउँदै गायीएको गीतमा लोक कलाकार पीएन साईलाले स्वर दिएका छन् । गायक आफैले सारंगी बजाएका छन् । गीतको शब्द भने पत्रकार श्यामसुन्दर पुडासैनीले रचेका हुन् । गीत सामाजीक संञ्जाल युट्युवमा हेर्न सकिन्छ । 

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *