श्रद्धाञ्जली सभा भोलि बिहान ८ बजे टुँडिखेलमा

 

फागुन १६, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीका लागि शुक्रबार मात्र टुँडिखेलमा राखिने भएको छ । 

पोस्टमार्टमका लागि समय लाग्ने भएका कारण बिहीबारका लागि निर्धारण गरिएको श्रद्धाञ्जली सभा शुक्रबारका लागि सारिएको हो । 

null

दुर्घटनामा दिवंगत भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । 

पाथिभराको सिस्ने–खोला क्षेत्रमा उडानका क्रममा बुधबार करिब साढे १ बजे हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकारका युवराज दाहाल, इन्जिनियर नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *