जन्मदिनकाे अवसरमा कंगनाका नदेखिएका बाल्यकालका केही तस्वीर

 

चैत्र १०, मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत हिजाेबाट ३२ वर्ष पुगेकी छिन् । उनी सन् १९८७ मार्च २३ मा भारतको हिमाञ्चल प्रदेशमा जन्मिएकी थिइन् । सानैदेखि जिद्धि स्वभावकी कंगनाले जीवनमा थुप्रै संघर्ष गरेकी छिन् । 

लामो समयको संघर्षपछि बलिउड उद्योगमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । कंगनाका मातापिता उनलाई डाक्टर बनाउन चाहान्थे तर कंगनाले १२ कक्षाको परीक्षा उत्तीर्ण गर्न सकिनन् । त्यसपछि उनी घर छोडेर दिल्ली गइन् । 

null

त्यहाँबाट नै कंगनाको जीनवका संघर्षका दिनहरु सुरु भएका थिए । दिल्ली पुगेपछि कंगनाले एउटा मोडलिङ कम्पनीसँग सम्पर्क गरिन् । उनले ‘ग्याङस्टार’ बाट बलिउडमा पाइला राखेकी थिइन् त्यसपछि उनले थुप्रैवटा फिल्ममा सफलता प्राप्त गरिन् । 

 

उनले जीवनमा थुप्रै अवार्डहरु पनि प्राप्त गरेकी छिन् । उनको जन्मदिनको अवसरमा उनकी बहिनीले उनका बालापनका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । एजेन्सी 

 

 

 

 

 

  

  

  

  

  

  

  

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *