कोलेस्टेरोल बढ्नुको कारण र कोलेस्टेरोल भएको यसरी थाहा पाउँनुहोस्

फागुन २१ ।  कोलेस्टेरोल बढ्नु भनेको आजभोली सामान्य जस्तो भए पनी यो एउटा जटिल राेग हाे । , धेरै मानिसलाई कोलेस्टेरोल बढेर चिन्तित बनि रहेका छन् । कतिपय मानिसलाइ कोलेस्टेरोलको बारेमा थाहा हुँदैन यसका केही लक्षणहरु देखा परे पनी मानिसहरु त्यसलाई त्यती ध्यान दिँदैनन् । यो एउटा चाँडै फैलने बिरामी हो । कोलेस्टेरोल बढ्न नदिन खानेकुरामा  बिशेष  ध्यान दिनुपर्ने हुन्छ । 

जुन चीजहरुमा LDL (Low Density Lipoprotein) को मात्रा अधिक हुन्छ, त्यस्ता खानेकुराको सेवन गर्नाले शरीरमा नराम्रो कोलेस्टेरोल बढ्न थाल्छ। सब भन्दा बढी LDL फ्राई गरेको चिज र नन भेज परिकारमा हुन्छ।  हामीले कोलेस्टेरोल बढ्न नदिन फ्राई गरेको चिज र नन भेज परिकार खान अलि कम गर्नु पर्दछ । यसैगरी मैदा, घ्यु, बटर, केक, पेस्ट्री, डाल्डा, मिठाई, तारेको खानेकुरा, चुरोट र रक्सी जस्ता पदार्थ सेवन धेरै मात्रामा गर्नु हुँदैन ।  यी खाने कुराहरु धेरै मात्रामा खाँदा छिटै कोलेस्टेरोल बढ्छ । हामीलाई कोलेस्टेरोल भएको कसरी थाहाँ पाउँने केही लक्षणहरु तल दिईएको छ । 

 

null

लक्षणहरु– छाँती दुख्नुः अर्टेरिजमा जम्मा भएको फ्यटी सब्सट्यान्स रगतको प्रवाहमा रोकवत पैदा गर्छ । जसको कारण समय समयमा छाँतीको वरिपरी दुख्ने, भारीपन वा भित्रबाट खाएको जस्तो महसुस हुन्छ । 

– खाना नपच्नु वा ग्यास्ट्रिक बढ्नुः बढेको LDL ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठुलो असर पार्छ । कलेजोमा कोलेस्टेरोल बढेको कारण मेटाबोलीजम कमजोर हुन थाल्छ । यसकारण पेट फुल्ने, खाना नपच्ने, पेटमा ग्याँस बन्ने या कब्जियत जस्ता समस्या हुन्छ । 

– एकदम धेरै थकान वा कमजोरी महसुस हुनुः कोलेस्टेरोल बढ्दा हाम्रो शरीरले खानाको पोषकतत्वलाई पुरै ग्रहण गर्न सकिदैन । जसको कारण विस्तारै शरीरमा पौष्टिक तत्वको कमी हुन थाल्छ । यस्तोमा बढी थकाई लाग्ने, धेरै पसिना आउने जस्ता समस्या देखा पर्छन् । 

– तौल बढ्नुः यदि शरीरमा  (HDL) राम्रो कोलेस्टेरोलको मात्रा बढी छ भने यसले चर्पीलाई बढ्न बाट रोक्छ र बोसोलाई पनि पगाल्छ । तर नराम्रो अर्थात् LDL कोलेस्टेरोल बढ्यो भने शरीरको वजन एकदम छिटो बढ्छ। यसकारण मोटो व्यक्तिहरुको शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ र यस्ता व्यक्तिहरुलाई मुटु वा दिमागको बिमारी हुने खतरा पनि धेरै नै हुन्छ । 

– हात खुट्टा नचल्नु वा लाटो हुनुः नराम्रो कोलेस्टेरोल बढ्दा हाम्रो शरीरमा रगत पुर्याउने अर्टेरिज संकुचित हुन्छ जसको कारण शरीरमा रक्त प्रवाह कम हुन थाल्छ। खासगरी खुट्टामा । यस्तोमा हात वा खुट्टा बारबार नचल्ने, खुट्टा एठान, बस्दा वा राती सुत्ने समय नसा चढ्ने वा फुल्लिने, प्राय खुट्टा झमझम हुने वा काँटाले घोचेको जस्तो हुने महसुस हुन्छ । साथै यदि तपाइँको हात खुट्टा बेला बेला चिसो हुन्छ भने कोलेस्टेरोल बढेको कारण यस्तो हुन सक्छ । 

– टाउको दुख्नु वा रिंगटा लाग्नु : कोलेस्टेरोल बढ्दा दिलको साथ साथ दिमागमा रगत पुर्याउने अर्टेरिसमा पनि असर पार्छ। जसको कारण टाउकोको पछाडी भाग र आधा टाउको अचानक दुख्न सुरु हुन्छ । कहिले कहिँ डर लाग्ने वा चक्कर आउने समस्या पनि हुन्छ । 

– आँखाको वरिपरी दाना आउनु: जब शरीरमा LDL को मात्रा बढ्छ तब आँखाको वरिपरी हल्का पहेंलो दाना जस्ता देखा पर्न थाल्छ । सुरुवातमा यी दाना साना हुन्छन् तर विस्तारै बढेर ठुलो बन्छ । यदि समयमै ध्यान दिएन भने विस्तारै ठुलो हुँदै जान्छ र दुख्न पनि सुरु हुन्छ । 

– सास फुल्नु वा धेरै पसिना आउनु: शरीरमा कोलेस्टेरोल बढ्नले मुटु वा शरीरमा रगतको संचारलाई कमजोर बनाइदिन्छ । यस्तोमा थोरै काम गर्दा पनि धेरै थाक्ने, पसिना आउने वा सास फुल्ने जस्ता समस्या देखा पर्छन् । 

– तौल बढ्नु: यदि शरीरमा (HDL)  राम्रो कोलेस्टेरोलको मात्रा बढी छ भने यसले चर्पीलाई बढ्न बाट रोक्छ र बोसोलाई पनि पगाल्छ । तर नराम्रो अर्थात् LDL कोलेस्टेरोल बढ्यो भने शरीरको वजन एकदम छिटो बढ्छ। यसकारण मोटो व्यक्तिहरुको शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ र यस्ता व्यक्तिहरुलाई मुटु वा दिमागको बिमारी हुने खतरा पनि धेरै नै हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *