सीके राउतसँगको सम्झौताको २ नम्बर बुँदाबारे संसदमा चर्काचर्की, गगन थापाले मागे कारण

 

फागुन २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको जानकारी गराउन माग गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुखमार्फत् सांसद थापाले सरकारसँग जानकारी मागेका हुन्। 

सीके राउतसँग भएको सम्झौता सकारात्मक भएको भन्दै प्रश‌ंसा गरेका थापाले अदालत र सरकारबीच मिलिमतो भएको हो ? भन्दै प्रश्न गरे । 

null

‘के को जनमत संग्रह? के का लागि जनमत संग्रह?’ भनी प्रश्न गर्दै थापाले सरकारसँग जानकारी मागेका छन्। 

यस्तै अर्का सांसद डा. मिनेन्द्र रिजालले पनि जनमत संग्रहबारे स्पष्ट गर्न सरकारसँग माग गरे। 

‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा.रिजालले भने। 

यसैगरी नेकपा सांसद भीम रावलले सम्झौतामा जनमत संग्रहको कुरा आएका कारण यसबारे सरकारले अर्को वक्तव्य जारी गरी स्पष्ट गर्नुपर्ने माग गरे । 

नेकपाका सांसद महेश बस्नेतले भने बुँदा नं २ मा जनमत संग्रह नभएको दाबी गरे। बस्नेतले भने, ‘डलरवादीहरुले यसलाई विरोध गरेका छन्। सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको छ। हामीले सिटामोल खुवाएपछि ठीक हुनुहुनेछ। दुई नम्बर बुँदामा कहाँ जनमतसंग्रह छ ? त्यस विषयमा छलफल गर्न तयार छौं ।’ 

सरकार र सीके राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। सहमतिमा जनमत संग्रह गराउन सरकार तयार भएको सीके राउत पक्षले दाबी गर्दै आएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *