विप्लव र प्रचण्ड दुवै गलत, इतिहासले सावित गरिसक्यो: बाबुराम भट्टराई

२०७५ चैत २ गते

चैत १, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लव दुवै गलत बाटोमा रहेको बताएका छन् ।
सिके राउतसँगको ११ बुँदे सहमति र विप्लमाथिको प्रतिबन्धले सरकारको चौतर्फी आलोचना भइरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विप्लव र प्रचण्ड दुवै गलत बाटोमा रहेको र एक अर्कालाई संगीन आरोप लगाएको दावी गरे ।
null
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘समस्या व्यक्तिको नभएर विचारको हो, यो दन्तबझान संसदीय कम्युनिज्म र उग्रपनथी कम्युनिज्म बीचको हो । इतिहासले दुवैलाई गलत सावित गरिसकेको छ । खाँचो नयाँ विचारको हो ।’
विप्लवमाथिको प्रतिबन्धले दुई तिहाई बहुमतको पार्टीभित्रै वादविवाद भइरहँदा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

२०७५ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित