मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ मृत्यु हुनेकाे संख्या ६ पुग्याे

 

चैत १,  नयाँ दिल्ली ।  भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ हुनुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । 

बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० सो घटना भएको थियो । 

null

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री बताएका छन् । स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल बन्द नगरिएको र सार्वजनिक हिड्डुलको लागि खुल्ला गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *