सुजुकी बर्गम्यान १२५ स्कूटरको भब्य र्याली बिर्तामोडमा

फागुन १८, बिर्तामोड । सुजुकी टु ह्वीलर्सको लागी गजुर मुखी ट्रेड लिंकले सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न गरेको छ । शुक्रबार हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधा जनक यो स्कुटर यस प्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको ट्यूबलेस ठूला टायरहरु छन् । सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८।७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५।६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट,  पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कूटरमा रहेका छन् । 

फरक खालको बनावटको कारणले यो स्कूटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने गजुर मुखी ट्रेड लिंकका रूपक थापाले बताए । यो स्कूटर चौथो पुस्ताको हरेक चालकले खोजिरहेको सम्पूर्ण प्याकेजको स्कूटर पनि हो । हाल यसको नेपालको बजार मूल्य रु २,२०,००० कायम गरिएको छ । 

विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् । बिर्तामोड तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने गजुर मुखी ट्रेड लिंक बिर्तामोडले  सेल्स, सर्भिस र स्पियर्स सजीलो सँग उपलब्ध गराउदै आएको गजुर मुखी ट्रेड लिंकका संचालक रूपक थापाले जानकारी दिए । शुक्रबार राष्ट्रीय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर स्टार्ट गरेर र्यालिको सुरुवात गरेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *