शेखर कोइरालाले भने, ‘सभापति देउवाले राम्रो गरे हामी सपोर्ट गर्छौँ’

 

फागुन २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई अब सभापति बन्न नदिने घोषणा गरेका छन् । 

सभापति देउवा निरंकुशता तर्फ उन्मुख रहेको भन्दै उनले देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरेका हुन् । 

null

‘देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्न सक्नुभएन । यो उहाँको महाभुल हो । अब महाधिवेशनको मिति नै तोक्नेगरि हामी छलफलमा जुटेका छौँ । त्यसैले आज हामी प्रकाशमानजीको घरमा बैठक बसेका हौँ ।’ 

एक टेलिभिजन कार्यक्रममा बोल्दै शेखर कोइरालाले देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाए । उनले आफ्नो कुनै गुट नभएको दावी गर्दै छलफल तथा बैठकका लागि जसले बोलाएपनि जाने उल्लेख गरे । कांग्रेसलाई बलियो बनाउन महाधिवेशन छिट्टै हुनुपर्ने उनको भनाइ छ ।  

सभापति देउवाले शेखर कोइरालाले वंशका आधारमा कांग्रेस पार्टीभित्र राजनीति गरेको भन्दै लगाएको आरोपको खण्डन गर्दै डा. कोइरालाले भने, ‘राजनीति गर्ने व्यक्तिमा राजनीतिक संस्कार हुनुपर्यो । म जुन परिवारबाट आएको छु, त्यो परिवारले मलाई राजनीतिक संस्कार दिएको छ । सभापतिज्यूले जे कुरा बोल्नुभयो त्यो उहाँको राजनीतिक संस्कार होला, मेरो होइन । यो भन्दा धेरै मलाई केही भन्नु छैन । 

उनले सभापति देउवाले कांग्रेसको विधान मिचेर अघि बढेको आरोप लगाए । ‘उहाँले कांग्रेसको विधिलाई स्वीकार्नु भएको छैन । पार्टीभित्र लोकतान्त्रिक पद्धति छैन । उहाँले राम्रो गरेमा हामी सपोर्ट गरिहाल्छौँ नि ।’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *