बञ्चरो बोकेर आएका समूहले ट्रकमा आगो लगाए

 

फागुन ३०, काठमाडौँ । मकवानपुरमा ट्रकमा पेट्रोल छर्केर आगजनी गरिएको छ । 

मकवानपुरस्थित त्रिभुवन राजपथमा अज्ञात समूहले बुधबार राति ट्रकमा पेट्रोल छर्केर आगजनी गरेका हुन् । हेटौँडातर्फ जाँदै गरेको ट्रकलाई रोकेर खुकुरी र बञ्चरो बोकेर आएका ५ जनाको समूहले ट्रकमा आगजनी गरेकाे प्रहरीले जनाएकाे छ ।  

null

आगो लागेको सूचना आएलगत्तै थाहा नगरपालिकाबाट दमकल लगेर आगो निभाइएको छ। आगजनीबाट ट्रकको इन्जिन र अगाडिको भागमा क्षति पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *