धरानमा खानेपानी आयोजनाको पानी वितरण गर्न आग्रह

 

चैत्र १०, धरान । पूर्वकै पर्यटकीय शहर धरानमा सुख्खायाम सुरु भएसँगै खानेपानीको अभाव हुन्छ । नेपाल खानेपाली संस्थानले धरानबासीलाई खानेपानी उपलब्ध गराउँदै आएपनि धरानको जनसंख्याको अनुपातका ३० प्रतिशत पनि छैन । 

धरानको खानेपानी समस्या दिर्घकालिन रुपमा निराकरण गर्न एशियाली विकास बैंकको सहयोगमा खानेपानी आयोजना निर्माणाधिन छ । तथापि, आयोजनाले समयमै धरानबासीलाई खानेपानी नदिँदा समस्या उत्पन्न भइरहेको छ । नेपाल खानेपानी संस्थान, धरानले गत पुस ७ गते देखि एक दिन विराएर खानेपानी आपूर्ति गरिरहेको छ । सुख्खायाम लागेसँगै खानेपानीको मुहान सुकेको कारण एक दिन विराएर वितरण गर्नुपरेको संस्थानले जनाएको अवस्थामा एडिवी प्रोजेक्टको निर्माण भइरहेको खानेपानी सिष्टमबाट समेत पानी विरण गर्न माग गरिएको छ । 

null

धरान खानेपानी आयोजना समितिका संयोजक सुजेन्द्र तामाङले धरानका जनतालाई खानेपानीको समस्या हुन नदिन धरान खानेपानी आयोजनाले जंगलबाट पूर्ण क्षमतामा पानी उत्पादन गरी रेलवे सिष्टम र पिण्डेश्वर सिष्टमवाट खानेपानी उपलब्ध गराउन आग्रह गरेका छन् । ‘खानेपानी संस्थानले धरानभरी खानेपानी दिन नसकिरहेको अवस्थामा हामीले आयोजनाबाट धरान ११, १७ र १५ मा खानेपानी उपलब्ध गराउन भनेका छौं, यसो गर्दा धरानबासीलाई केहि राहत पुग्छ ।’ उनले भने ।  

संयोजक तामाङले विष्णुचौकस्थित रेलवे सिष्टमबाट मंगलबारे र रत्न चौकतर्फ पनि आयोजनाको पानी वितरण गर्न आग्रह गरेका छन् । साथै पिण्डेश्वर सिष्टमवाट बचत भएको पानी खानेपानी संस्थानमा रहेको सुम्निमा सिष्टमबाट वितरण गर्ने व्यवस्थाका लागि आयोजनालाई आग्रह समेत गरेका छन् ।  

तामाङका अनुसार यसो गर्दा धरानका सबै वडावासीलाई खानेपानीको सहजता हुनेछ । आयोजना र संस्थानको नेटवर्क वीच इन्टरकनेक्शनका लागि वातावरण बनाउन पनि उनले अनुरोध गरेका छन् । तामाङले पञ्चकन्या सिष्टमको ट्याँकी निर्माणको विवादको समाधान खोज्न आग्रह गरेका छन् । यस कार्यका लागि नेपाल खानेपानी संस्थान धरान, धरान उपमहानगरपालिका, खानेपानी आयोजना र धरान खानेपानी व्यवस्थापन बोर्डलाई समेत आवश्यक सहयोग र समन्वय गर्न भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *