७ महिनापछि निर्मलाको घर पुगेर के भने देउवाले ?

 

तस्विर/शेरबहादुर देउवाको ट्वीटरबाट 

फागुन १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको परिवारलाई घरमै पुगेर भेटेका छन् । 

null

सभापति देउवाले शुक्रबार कञ्चनपुर पुगेर गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटेर न्यायका लागि आफू र आफ्नो पार्टीले निरन्तर खबरदारी गरिरहने बताए । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज कञ्चनपुरकी चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरेँ । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होइन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफू र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिबद्धता गरेको छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *