भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

 

फागुन २१, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो । 

स्व. नेता अधिकारीले ने.क.पा. (एमाले) को तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधान सभामा समानुपातिक सदस्य, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री सहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् । 

null

नेता अधिकारीको गत शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो । 

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य समेत रहेका भरतमोहन अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनप्रिय नेता थिए । 

संसदकाे आगामि बैठक फागुन २२ गते बुधबार दिउँसाे १ बजे बस्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *