राप्रपामा थपिए पदाधिकारी, कसलाई के जिम्मेवारी ?

 

चैत १२, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले पदाधिकारी थप गरेका छन् । दीपक बोहोरा समूहसँग एकता भएपछि उनले मंगलबार विभिन्न पदमा पदाधिकारीहरु थप गरेका हुन् । थपिएका पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन्  । 

यस्तै उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन, महेशलाल महासेठ मनोनित भएका छन्। 

null

यसैगरी महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा छन् भने सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन् । सहायक महामन्त्रीमा लिलादेवी श्रेष्ठ र मदनबहादुर कार्की मनोनित भएका छन् भने सहायक प्रवक्ता रमानन्द न्यौपाने मनोनित भएका छन्।  

अध्यक्ष थापाले प्रवक्तामा सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई मनोनयन गरेका छन् भने केन्द्रीय सदस्यमा प्रदीपकुमार उदय, इन्द्रबहादुर ठकुरीलाई मनोनित गरेका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *