पृथकतावादी गतिविधि परित्याग गरी नेकपा प्रवेश गर्दै सिके राउत

२०७५ फागुन २५ गते

फागुन २४, काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुँदै नेकपामा प्रवेश गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले आजबाटै पृथकतावादी गतिविधि परित्याग गरी नेकपा प्रवेश गर्ने भएका हुन् ।
null
प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतले राष्ट्रियसभामा आज दिउँसो १ बजे हुने कार्यक्रममा एकै मञ्चबाट सम्बोधन गर्दैछन् । योसँगै उनी छुट्टै मधेश राज्य अभियानबाट अलग हुनेछन्। सरकारसँगको गोप्य वार्तापछि उनी नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन्।

२०७५ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित