ड्रग्सको नसामा फसेकी यी किशोरी कसरी राष्ट्रिय पुरस्कारको लागि मनोनित भइन् ?

 

चैत्र १३ । बेलायतकी एक युवतीले १९ वर्षको उमेरमा गरेको कामको सम्मान गर्दै राष्ट्रिय पुरस्कारको लागि मनोनित भएकी छन् । १२ वर्षको उमेरदेखि नै गाँज र रक्सीको कुलतमा फसेकी ती युवतीले १३ वर्षको उमेरमा नै गर्भवती भएर गर्भपतन गर्नु परेको थियो । बेलायतको वेल्स कार्डिफकी लरी हक्निस २ वर्षको उमेरदेखि नै रक्सी र लागूपदार्थको कुलतमा पसेकी थिइन् । 

उनी २ वर्षको उमेरमा बिहान उठ्ने बित्तिकै कोकिनको एक डोज चाहिन्थ्यो । दिउँसो नुहाएपछि उनलाई थप २ डोज चाहिन्थ्यो । तर उनलाई यो डोजको पैसा कस्ले तिथ्यो भन्ने कुरा थाहा थिएन् । नशाकै कारण उनको शरिरको तौल बढ्न रोकियो । पसलबाट रक्सी किन्नेर ल्याउने चक्करमा भेट भएका रोबर्ट डेबिटले उनलाई रक्सी किन्न सहयोग गर्थे । बेलायतमा १८ वर्ष भन्दा कम उमेरका व्यक्तिले रक्सी किन्न पाउँदैनथे । 

null

रक्सी किन्ने क्रममा भेट भएका रोबर्टले उनको फोन नम्बर मागे । र नशामा रहेकी लरीलाई फोन नम्बर दिन कुनै समस्या भएन् । उनले नम्बर दिइन् । त्यसपछि रोर्बटले ती युवतीलाई फसाउने जाल बुन्दै यौन सम्पर्कको लागि दिनदिनै दबाब दिन थाले अन्तत उनी १३ वर्षको उमेरमा नै गर्भवती भइन् । उनलको परिवार साथी सबैले उनलाई सम्झाउन हर प्रयास गरे तर उनी यो मान्न तयार थिइनन् । 

जब प्रहरीले खबर पायो त्यसपछि उनी घर छोडेर भाग्नु पर्ने अवस्था सिर्जना भयो । उता रोबर्टले लरीलाई प्रक्राउ गरेको खण्डमा आफ्नो नाम नभन्न भनेर दबाब दिएका थिए । परिवार र आफन्ताले उनको पेटमा भएको बच्चाको पिता को हो भन्ने चिन्न चाहन्थे । तर उनले रोर्बटको नाम भन्न चाहिनन् । जब उनको गर्भपतन भयो त्यसपछि मात्रै रोवर्टको नाम भनिन् । लरीको विषयमा अनुसन्धन गर्न खटाइएको प्रहरीले संकामा रोबर्टलाई पक्राउ गरे । 

पक्राउ परेका रोबर्ट १० वर्षको जेल सजाए भोगिरहेका छन् । अर्कोतिर लरीले ड्रग्सको लतबाट निस्कदा जीवनको सबैभन्दा कठिन युद्ध जितिन । उनी अहिले १९ वर्षकी भइन् । ६ वर्षदेखि ड्रग्सलाई छुन पनि पाएकी छैनन् । लरी अहिले प्रहरीको सहयोगले ड्रग्सको नशामा रहेका किशोरीहरुलाई कुलतबाट कसरी टाढा रहने भन्ने कुराहरु सिकाइरहेकी छन् । उनको यो कामको विश्वभर प्रसंशा भइरहेको छ । अहिले उनलाई सेण्ड डेविस अवार्डको लागि मनोनित गरेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *