न्यूजिल्याण्ड मस्जिद आक्रमणमा मृतकको संख्या ४९ पुग्यो

 

चैत १, काठमाडौँ । न्यूजिल्याण्डमा क्राइस्टचर्चको दुई मस्जिदमा भएको आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४९ पुगेकाे छ भने २० भन्दा बढी गम्भीर घाइते भएका छन् । 

न्यूजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा अर्डर्नले मृतकको संख्या पुष्टि गर्दै शुक्रबार आफ्नो देशका लागि कालो दिन भएको बताएकी छिन् । उनले यस मामिलामा एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेकी छिन् । 

null

प्रधानमन्त्रीले भनिन्, ‘क्राइस्टचर्च ती पीडितहरुको घर थियो । तीनीहरुमध्ये धेरै जनाले सायद त्यहीँ जन्म लिएका हुन् । कयौँ मानिसहरुको लागि न्यूजिल्याण्ड छनौटको देश थियो ।’ 

न्यूजिल्याण्ड प्रहरीले यस घटनामा शंकास्पद ४ मानिसहरुलाई हिरासतमा लिएको छ । जसमा तीन पुरुष र एक महिला छन् । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्काट मारिसनले उक्त हमलामा अष्ट्रेलियाली एक नागरिक पनि परेको पुष्टि गरेका छन् । उनले हमलालाई अति दक्षिणपन्थी आतंकवादी बताएका छन् । 

 

क्राइस्टचर्चकी मेयर लियानेर डेलजीएलले उक्त घटनामा स्कूलमा भएका सबै बच्चाहरु सुरक्षित रहेको बताएकी छिन् । प्राप्त जानकारी अनुसार लिनवुड इलाकामा भएको अर्को मस्जिद पनि खाली गरिएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार केन्टरबरी डिस्ट्रिक्ट हेल्थ बोर्डले आफ्नो आपतकालीन योजना लागु गरेको छ । यसले आपातकालीन सेवाहरू प्रदान गर्नेछ । 

घटनापछि बंगलादेश र न्यूजिल्याण्डबीचको खेल पनि रद्द गरिएको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले यस घटनाबाट प्रभावित भएका परिवारप्रति संवेदना प्रकट गरेको छ । 

 

समाचार ऐजेन्सीका अनुसार बंगलादेशी टीमका केही खेलाडी सदस्य शुक्रबारको नमाजका लागि बसबाट मस्जिद नजिकै जाँदै थिए । उनीहरुको बस मस्जिद नजिकै पुगेको थियो, तब यस्तो घटना भएको थियो । अहिले टीम फर्केर आफ्नो होटल पुगिसकेको छ । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *