पाेखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिककाे मृत्यु

  

फागुन २१, काठमाडौँ । पोखरामा प्याराग्लाइडिङका क्रममा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रसियन नागरिक डिमी डिभिलको मंगलबार प्याराग्लाइडिङका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सराङकोटबाट बिहान ११ः४५ बजेतिर सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएपछि उनलाई उपचारका लागि मेट्रो सिटी अस्पताल पुर्याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

null

आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनमा परी रोमानियाका एक पाइलटको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *