सुनुवाई समितिद्वारा चार संवैधानिक आयोगको प्रस्तावित अध्यक्षको नाम अनुमोदन

 

फागुन २१, काठमाडौँ । संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । 

मंगलबार बसेको सुनुवाई समितिको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेसी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  

null

सम्बैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेसी आयोग, डा. विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनवाईका लागि परिषद्ले समितिमा पठाएको थियो । 

उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यस्तै मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको सुनुवाई मंगलबार नै हुँदैछ ।  

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा सम्बैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदको भने बैठकमा अनुपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *