प्रचण्डलाई ‘विप्लव’ समूहले मार्न खोजेपछि बढाइयो सुरक्षा

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ। 

आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए। के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त? 

सुरक्षा थ्रेटबारे दाहाल आफैले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन्। सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ।यो समाचार नागरिकमा छ। 

null

विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धाबाट देखिएको स्रोतले बतायो।  

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटक पटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेको छ । 

सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लब समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । 

स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ । 

‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन । दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाइएको हो,’स्रोतले भन्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *