पर्यटनमन्त्री अधिकारीको निधनको शोकमा नेकपाले पार्टीको झण्डा आधा झुकाउने

 

फागुन १६, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

नेकपा सचिवालयको बिहीबार बसेको बैठकले मन्त्री अधिकारीको शोकमा पार्टीको झण्डा आधा झुकाएर श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो । 

null

पार्टीका सबै कार्यालयमा आज झण्डा आधा झुकाइनेछ र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ। 

ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै छ । 

अहिले मृतक सातै जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *