सीके राउतको पार्टीको नाम फेरियो

 

चैत ४, काठमाडौँ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन गरिएको छ । 

आइतबार सिरहामा सम्पन्न राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम परिवर्तन गरी जनमत पार्टी राख्ने निर्णय गरेको हो । 

null

पार्टीको अध्यक्षमा सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहने बताइएको छ । यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ । 

दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि मुलधारको राजनीतिमा आएका सिके राउतको यो पहिलो औपचारिक बैठक हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *