इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेकाे संख्या ९० पुग्याे

 

चैत ५,  जाकार्ता ।  इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ । 

इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

null

जयापुरा जिल्लामा करिब एक हप्तादेखि जारी रहेको यस प्रकोपमा १५९ व्यक्ति घाइते भएका र घाइते मध्ये पनि ८४ व्यक्तिको अवस्था गम्भीर रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन् । स्थानीय समयानुसार गत शनिबार साँझ छ बाट आएको यस बाढी परी अझै पनि कैयौँ व्यक्ति बेपत्ता रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

बाढीबाट प्रभावित भएकामध्ये ६ हजार ८३१ व्यक्तिलाई पाँच ओटा शरणार्थी स्थलमा स्थानान्तरण गरिएको बताइएको छ । बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ । घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *