भरतपुर महानगरमा बम बिस्फोट गराएको आशंकामा ६ जना पक्राउ

 

चितवन , २९ फागुन । चितवनको भरतपुर महानगरपालिका ५ कैशालनगर स्थित शान्तिचोकमा रहेको वडा नम्बर ५ को वडा कार्यालयमा बम विस्फोट गराएको आशंंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ परेकाहरुको पहिचान भने खुलाएको छैन । केही दिनदेखि विप्लव माओवादी सरकारविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुँदै आएकोले प्रहरीले विप्लवले नै बम विस्फोट गराएको हुन सक्ने आशंका गरेको छ । यद्यपी घटनाको जिम्मा भने कसैले लिएको छैन । 

null

बम बिस्फोटको घटनापश्चाते स्थानीवासी त्रसित छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं एसपी सुशीलसिंह राठौरका अनुसार गएराती करिब १२ः१५ बजे गराइएको उक्त बम बिस्फोटबाट कार्यालयको झ्यालका सिसाहरु फुटेका छन् भने, महत्वपूर्ण कागजपत्रहरु जलेर समेत नष्ट भएको छ । 

घटना खबर सार्वजनिक भएलगत्तै भरतपुर महानगरपालिकाको दमकल, सुरक्षाकर्मीको थप टोली पठाएर आगो नियन्त्रणमा लिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *