ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

 

चैत १३, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्याक्टरको मुनि किचिएको अवस्थामा शव फेला परेको छ । 

ना १ त ६६६६ नम्बरको ट्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति बलरा नगरपालिका–अर्नाहाका २६ वर्षीय शम्भु महतोको शव फेला परेको हो । 

null

शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ । महतो ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । उनी उखु लिएर चिनी मिलमा गएका थिए । 

घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *