राज्यविरुद्धको अभियोगमा पक्राउ परेका विप्लव समूहका १७ जना धरौटीमा रिहा

 

चैत १४, चौतारा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १७ नेता–कार्यकर्ता धरौटीमा रिहा भएका छन् । 

सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका जिल्ला समिति सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ जनालाई धरौटीमा छोड्ने आदेश दिएको हो । 

null

जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । 

थुनामा रहेका रविता अधिकारी, हीरा खत्री र सविता श्रेष्ठलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए । 

उनीहरुलाई गत फागुन १८ गते चौतारा सागाचोकगढी नगरपालिका–१० कार्कीटारस्थित एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा बिहान २ बजे प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *