‘रातो घर’ नियन्त्रणमा लिएकोप्रति विप्लवकाे कडा आपत्ति

 

चैत ५, काठमाडौँ । प्रहरीले रुपन्देहीमा रहेको विप्लव नेतृत्वको नेकपाको कार्यालय रहेको रातो घरमा प्रहरीले गरेको हस्तक्षेपप्रति विप्लवले कडा आपत्ति जनाएको छ । 

सोमबार विप्लवको कार्यालय रहेको रातो घरमा हस्तक्षेप गरी प्रहरीले त्यहाँ रहेको ब्यानरसहितको झण्डा समेत हटाएको थियो । कार्यालयमा बस्दै आएका मजदुरहरुलाई २ दिनभित्र खाली गर्न पनि प्रहरीले आदेश दिएको थियो । 

null

आफूहरुले १३ वर्षदेखि पार्टी कार्यालय सञ्चालन गर्दै आइरहेको उक्त कार्यालयमा विना सूचना हस्तक्षेप गरेको विप्लवको भनाइ छ । 

विप्लवले सरकारको यस्तो स्वतन्त्रता विरोधी हर्कतविरुद्ध मानवअधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई गर्न पनि अपिल गरेको छ । 

‘कम्युनिस्टको नाममा समाजवाद र साम्यवादको बदनाम गर्ने ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो कार्यालयमाथि गरेको अनावश्यक हस्तक्षेप, पार्टीमाथि लगाइएको प्रतिबन्ध र हाम्रा नेता कार्यकर्ताहरुको गिरफ्तारी तथा जनविरोधी हर्कत विरुद्ध हामी राजनीतिक, वैचारिक तथा वर्गसङ्घर्षको माध्यमबाट सशक्त प्रतिवाद गर्दछौं’, जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटरी अमर आरसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । वाणिज्य बैंक र प्रहरीले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत् रहेको विप्लवले जानकारी गराएको छ । 

फेरी पनि त्यस्तो खालको हस्तक्षेप गरेमा पार्टीले गम्भीर र कठोर निर्णय लिन बाध्य हुने र हस्तक्षेप विरुद्ध पार्टी जुनसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *