‘म डा. केसीको विरुद्धमा र निजी क्षेत्रको संरक्षणमा लागेको हैन’ विजय थापा


मेरो आन्दोलन डा. गोविन्द केसी ब्यक्ति विरुद्ध नभएर प्रबृत्ति विरुद्ध हो । कथित चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै उहाँले चालेका कदमका विरुद्ध हो ।
ब्यक्ति सादगी होलान्, ब्यक्तिगत रुपमा ह्दयदेखि नै सम्मान गर्छु । कति सत्य होलान् म भन्न सक्दिन । विक्रित होलान् भन्ने विषयमा १९८५ मा होला सायद, उहाँ नेपाली सरकारी कोटामा डाक्टर पढ्न बंगलादेश जानु भयो, १९९३ मा फर्कनु भयो । त्यत्तिखेर नै सरकारी कोटामा पढेका डाक्टरले ५ वर्ष दुर्गममा अध्ययन गर्नुपर्ने सरकारले नियम ल्याउन लागेको थियो, उहाँले नै तुहाउनु भयो । ३ वर्ष सेवा गर्ने कुरामा उहाँले त्यो पनि पुरा गर्नुभएको छैन ।
सरकारी तलब भत्ता खाइसकेपछि सरकारी कर्मचारी भएर स्वास्थ्य सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा काम गर्ने डाक्टरले आमरण अनसन बस्ने, स्वास्थ्य संस्थालाई ठप्प बनाउने, विरामीको बाच्न पाउने अधिकारलाई निमोठ्ने जस्ता कृयाकलापहरु उहाँबाट भएका छन् । यो क्षम्य छैन, सभ्य छैन । यस्ता प्रवृत्ति कदापि सैह्य हुँदैन ।
null
उहाँ हाडजोर्नीको राम्रो विषेशज्ञ डाक्टर भएको मैले सुनेको छु । एउटा हाडजोर्नीको विशेषज्ञ डाक्टर स्लाइनको बोटल लिएर, झाडापखालाको औषधी बोक्दै हिँड्छ भने यसले के औषधीय पुष्ट्याई गर्ला ? सामाजिक सञ्जालमा त्यस्ता फोटाहरु राखेर इमोशनल ब्ल्याकमेल गर्ने प्रवृत्तिले नेपालको चिकित्सा क्षेत्रलाई कुन ठाउँमा लिएर जाला ? यी कुराहरु धेरै गम्भिर छन् ।
बास्तविक मेडिकल माफिया को ? समग्र नेपालको स्वास्थ्य शिक्षामा अघोषित किसिमले, घुमाउरो पाराले नेपालमा समग्र स्वास्थ्य शिक्षामा सिण्डीकेट खडा गरेर केहि मेडिकल कलेजलाई सम्बन्धन दिने, केहिलाई नदिने भनेर वार्गेनिङ गरेर पैसा उठाउनेहरु मेडिकल माफिया की, यो देशमा प्रसस्त मेडिकल कलेज खोल्न पाउनुपर्छ, मेडिकल शिक्षा विदेशमा गएर पढ्नै पर्ने बाध्यताको अन्त्य हुनुपर्छ भन्ने हामी माफिया ?
जो दलाल कन्सल्टेन्सी मार्फत वार्षिक रुपमा हज्जारौं विद्यार्थीहरु र तीनको अरबौं रुपैंया विदेशमा पठाउनु हुन्छ । जसलाई म विद्यार्थी बेच्ने दलाल भन्दछु । उहाँहरु (डा. गोविन्द केसी) यहि अवस्थामा यो देश चलिरहनुपर्छ भन्ने सोचले अभिप्रेरित भएर दलालहरुको पक्षपोषण गर्नुहुन्छ उहाँ माफिया हो ।
हामीले हाम्रा नेपाली दाजुभाई दिदिबहिनी नेपालमै पढ्न पाउनु पर्छ, प्रसस्त मात्रामा मेडिकल कलेज खोल्नुपर्छ, स्वास्थ्य शिक्षा र सेवा सरकारले निःशुल्क गर्नुपर्छ भन्ने हामी कसरी माफिया भयौं ?
उहाँले जुन किसिमका मुद्दाहरु बोकेर हिँडिरहनु भएको छ । उहाँले उठाएका मागहरुले कसलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको छ, त्यो हेरौं न । उहाँले मेडिकल कलेज खोल्न यो ठाउँ दिने, त्यो नदिने भन्दै हुनुहुन्छ । वार्षिक रुपमा हज्जारौं विद्यार्थी बाहिर गएका छन् । तपाईहरुकै मिडियामा हामी सुन्छौं, विदेशमा विद्यार्थी अलपत्र परे, पढ्दै गरेका विद्यार्थी कालोसूचिमा परे भनेर । अष्ट्रेलिया, बंगलादेश, भारतको बेङलोर कलकत्तामा हाम्रै विद्यार्थी ठगिइरहेका छन् । यहाँ विद्यार्थीमात्र गएका छैनन, उनीहरुसँगै अरबौं रुपैया बाहिरिइरहेको छ । ती विद्यार्थीले नेपालमै पढ्न पाएको भए, त्यो पूँजी राष्ट्र निर्माणमा प्रयोग हुन सक्थ्यो नी । यस्तो अवस्थामा डा. केसीले गरेको कृयाकलापले कसलाई फाइदा पुगिरहेको छ सहजै अनुमान लगाउन सक्छन् ।
क्वालिटी एजुकेशनको विषयमा उहाँले उठाएको मागमा हामी सहमत छौं । तर, एउटा देश सिष्टम र विधि विधानले चल्छ । सरकारले मापदण्ड बनाउने, त्यसलाई ब्यवसायीले पुरा गरिसकेपछि ब्यवसाय गर्न पाउनुपर्छ । मेडिकल कलेज खोल्नका लागि सरकारले पनि हचूवाका तालमा मापदण्ड बनाएन होला । जो मापदण्ड विपरित छन्, जो विद्यार्थीको हितमा छैन, जो केवल नाफामुखी मात्र छन् त्यस्ता मेडिकल कलेजहरुलाई कुनैपनि हालतमा कारवाही गर्नुपर्छ भन्ने पक्षमा त हामीपनि छौ नी । तर, उहाँले यी वाहेक अन्य मुद्दा समेत उठाएर राष्ट्रिय राजनीतिलाई नै प्रभावित बनाउने खेल खेल्दै हुनुहुन्छ हाम्रो आपत्ति त्यहिँ हो ।
यो खुल्लम खुल्ला भएको कुरा हो । तपाईले आइओएममा गएर विद्यार्थीलाई के कति सोध्नु भएको छ ? डा. गोविन्द केसीकै बलमा आइओएममा डा. जगदिश अग्रवाललाई नियुक्ति गरियो । डीन नियुक्त गरिसकेपछि नेपालको इतिहासमा पहिलो पटक एमविविएसको परीक्षा अगावै प्रश्नपत्र आउट भयो । त्यसको नैतिक जिम्मेवारी डा. केसी र डा. अग्रवालले लिनुपर्छ की पर्दैन ? जवाफदेहिता भन्ने रहनुपर्छ की पर्दैन ? हामीले प्रष्ट रुपमा भनेका छौं, एमविविएसको परीक्षामा प्रश्नपत्रको खरिद विक्रि भएको छ ।
अहिले सरकारले चिकित्सा आयोग गठन गर्ने भनिसकेको छ, त्यसबाट ऐन बनिसके पछि परीक्षा लिनुपर्ने बेलामा उहाँहरु अहिले आएर पुनः एमविविएसको परीक्षा आफैं गर्छौं भन्दै हुनुहुन्छ । यहाँनिर उहाँहरुले पुनः प्रश्नपत्र खरिद विक्रि गर्ने, दुईपैसा कमाउने दाउ गर्दै हुनुहुन्छ ।
मेरो हातमा डाडु छ अगाडी दुध छ भन्दैमा मैले नै दुध उबाउँदै राख्ने त ? एउटा डीन बनेको मान्छेमा नैतिक जिम्मेवारी छकी छैन भन्ने कुरा हो । डा. केसीले नै हिजोको दिनमा डीन नियुक्ति गरेको हो कि हैन ? यो प्रश्न उहाँलाई गएर सोध्नुस न !
कुन आमरण अनसन डा. अग्रवाललाई डीन नियुक्ति गरेर टुङिगएको थियो सबैलाई खुलस्त भएको कुरा हो । डा. केसीको बलमा हिजो डीन नियुक्ति गरेका अग्रवाल कति भ्रष्ट रहेछन् प्रष्ट भएको छ । डा. केसीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । हामीले सरकारसँग सरकारी तलब भक्ता खाएर राजनीति गर्ने, हस्पिटल जस्तो संवेदनशील क्षेत्रमा आमरण अनसनको अड्डा बनाउने र परीक्षा अगावै प्रश्नपत्र नै आउट गर्न जो जो संलग्न छन् छानविन गरेर यीनीहरुलाई कारवाही गर्नुपर्छ भनेका हौं ।
म डा. केसीको विरुद्धमा लागेको र निजी क्षेत्रको संरक्षणमा लागेको हैन । पहिले देखि नै मैले भनिरहेको छु कि, नेपालमा भएका सम्पूर्ण निजी मेडिकल कलेजहरु तत्काल सरकारीकरण गरियोस्, यो भन्नलाई डा. केसीको मुखमा के बुजो लागेको थियो ? स्वास्थ्य शिक्षालाई मौलिक अधिकारका रुपमा राज्यले ब्यवस्था गरोस भनेर डा. केसीले प्रष्ट रुपमा बोल्दा भैहाल्यो नी । यिनै हैन स्वास्थ्य क्षेत्रमा देखिएका विक्रिति विसंगति ? भएका सम्पूर्ण निजी मेडिकल कलेजलाई सरकारीकरण गरौ न त, भोली देखि समस्या नै हुन्न ।
किन मान्छेलाई माफिया साफिया भनिरहनुपर्यो ? उहाँहरु आफैं बुद्धिजिवी र विषेशज्ञ हुनुहुन्छ । उहाँहरु आफैं आएर गरे भै हाल्योनी । फलानोलाई दिने, फलानोलाई नदिने भन्ने उहाँहरुको कुरा सुनियोजित रुपमा आएका हुन् ।
डा. केसीलाई कांग्रेसले परिचालन गरेको नगरेको सम्पूर्ण नेपालीले बुझिसकेका छन् । यसलाई म दोहोर्याउन चाहन्न । कांग्रेसकै कारण नेकपा पक्षका मेडिकल कलेजले सम्बन्धन पाएनन् भनेर भन्दापनि सरकारी मापदण्ड पुरा गरेकाले ब्यवसाय गर्न पाउनुपर्छ ।
सबै मेडिकल कलेज सम्बन्धनका लागि योग्य नहोलान्, तर, सरकारी मापदण्ड पुरा गरेकालाई त रोक्न भएन नी ।
कसको कनेक्सनमा किन रहने भन्ने कुरा हो ? म कसैको कनेक्सनमा छैन । प्रमाण देखाइदिनुस ।
दुईटा कुरामा मात्र उहाँसँग सहमत हुन सक्छु । पहिलो भएका सम्पूर्ण निजी मेडिकल कलेजहरुलाई तत्काल सरकारीकरण गरिनुपर्छ । दोस्रो स्वास्थ्य शिक्षा जस्तो अत्यन्त संवेदनशील विषयलाई सरकारले निःशुल्क घोषणा गरोस । यी दुई कुरामा डा. केसीसँग सहकार्य गरेर हैन उहाँलाई काँधमा बोकेर लैजान्छु । अरु इन्तु किन्तु परन्तुमा जान सक्दिन ।
आमरण अनसन नै बस्छु भन्ने हैन, त्यो रहरपनि हैन । उहाँहरुले राज्यलाई दङ्ग्याउने, राज्यलाई ठप्प बनाउने, काम गर्न नदिने हर्कत गरिरहनु भएको छ । पछिल्लो समय डा. केसीले १२ बुँदे शान्ति सम्झौता, नेपालको विस्तृत शान्ति सम्झौतालाई उल्ट्याउन अन्तराष्ट्रिय अदालत सम्म जाने प्रयास गर्दै हुनुहुन्छ । यो हर्कतले अहिलेको बहुमतको सरकारले जुन शान्ति प्रक्रिया र संबृद्धिको बाटो अंगालेको छ त्यो यात्राको उहाँ बाधकतत्व बन्दै हुनुहुन्छ । सरकारसँग म मर्छु म मर्छु भनेर वार्गेनिङ गर्दै फलानो दे तिलानो दे भन्ने जवसम्म प्रवृत्ति विकास भइरहन्छ म उहाँहरुको विरुद्धमा उहाँहरुकै शैलीमा उत्रिनेछु ।
डा. केसीलाई म के भन्न चाहन्छु भने, सरकारलाई दंग्याउने, प्रेस विज्ञप्तिको भाषामा धम्क्याउने अतिरञ्जित तवरले समाचार सम्प्रेषण गर्ने, राज्यलाई ठप्प बनाउने किसिमले सधैं चेतावनी दिने, आमरण अनसनको घुर्कि लगाएर बस्ने काम बन्द गरौं । सरकारी तलब भक्ता खानुभएको छ सकिन्छ इमान्दार तरिकाले देशको सेवा गरौं । पहिलो कुरा उहाँको कार्य क्षेत्रभित्रै पर्ने टिचिङ हस्पिटललाई सुधारौं । त्यहाँको वेतिथि विसंगतिलाई हटाउँ । उहाँ सुध्रिनु भयो भने, अरु कुरा स्वतः सुध्रिदै जान्छन् ।
