बैद्य नेतृत्वको नेकपा माओवादीद्वारा चितवनको भरतपुरमा जनप्रदर्शन 

  

फागुन २१ ,चितवन । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंगलबार भरतपुरमा जनप्रदर्शन गरेको छ । देशको राष्ट्रियता र स्वाधिनता कमजोर भएको बन्दै त्यसको रक्षार्थ मेची महाकाली अभियान स्वरुप उनीहरुले मंगलबार चितवनको भरतपुरमा जनप्रदर्शन गरेका हुन् । 

नेपाली भूभागमा भारतले सीमान मिच्दै जाँदा पनि सरकार चुप लागेर बसेको भन्दै फागुन ७ गते झापाको काकडभित्ताबाट सुरु भएको मेची महाकाली अभियानलाई क्रान्तिकारी माओवादीले आज चितवनमा समापन गरेको हो । 

null

देशका विभिन्न जिल्लाहरुबाट पनि कार्यक्रमको लागि ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु चितवन आएको वैद्य निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दिपक पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *