प्रचण्ड बन्न सजिलो छैन, नक्कल नगरे हुन्छ: अध्यक्ष दाहाल

 

फागुन ३०, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गरेर, धाकधम्की दिएर आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । 

वाइसिएल नेपालले पेरिसडाँडामा बिहीबार आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा बोल्दै विप्लव समूहलाई प्रचण्डले यस्तो चेतावनी दिएका हुन् । 

null

‘कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकता अनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ । अरुको नक्कल गरेर कोही सफल हुँदैन’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘प्रचण्ड बन्न सजिलो छैन । म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइनँ, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाई प्रचण्ड बनाइदिए ।’ 

आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुने बताए । 

उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्ने भन्दै विप्लवलाई नयाँ बाटो खोज्न समेत अपिल गरेका छन् । 

कार्यक्रममा उनले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *