कावासोतीमा बम विस्फोट

 

फागुन ३०, तुलसीपुर । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कावासोतीको मुख्य चोकमा बिहीबार विहान बम विस्फोट गराएका छन् । 

जिल्ला प्रहरी कार्यालय देखि करिब डेढ, दुई सय मिटर पूर्व पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो । विस्फोटको आवाज झण्डैँ एक किलोमिटर परसम्म सुनिएको थियो । 

null

बिहान साढे ११ बजेतिर विस्फोट भएको हो । सडक सुनसान रहेकोले विस्फोटका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार पनि छ । 

घटना स्थललाई अहिले जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीले घेरेर राखेका छन् अन्त पनि बम राखेको हुन् सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बम कस्तो र कुन प्रकारको थियो खुल्न सकेको छैन । 

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *