राजपाले आजको संसद चल्न नदिने, यस्तो छ कारण

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी राजपा ले आज बुधबारदेखि संसद अवरुद्ध गर्ने भएको छ । एक साताअघि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले मधेश तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले संसद अवरुद्ध गर्न लागेको हो । 

 

आज बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले बेल घेराउ गर्ने कार्यक्रम तय भएको छ । आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा कैलाली–१ बाट निर्वाचित सांसद रेशमलाल चौधरी थुनामा रहनु परेको राजपाको भनाइ छ । आज प्रतिनिधि सभाको बैठक दिउसो १२ बजे बस्दैछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *