एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत्र १, काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा सिराहाको भगवानपुर गाउँपालिकामा सुरु भएको छ । बैकले भगवानपुर गाउँपालिकाको वडा नं १, मा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको आज भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंकले आफ्नो उपस्थिति सबल बनाउदै गएको प्रति प्रशंशा ब्यक्त गरे ।
एन आइ सी एशिया बैंक मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
null
करिब १४ लाख ५० हजार ग्राहकहरु रहेको बैंकको प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेको बताइएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)