सात महिनापछि पनि निर्मला प्रकरणमा गृहमन्त्रीको उही आश्वासन

 

फागुन २२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सात महिना अघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्ने दाबी गरेका छन् । 

सुरक्षा गोष्ठीका लागि सदूरपश्चिम पुगेका गृहमन्त्री थापाले बुधबार बिहान धनगढीमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा निर्मलाका दोषी छिट्टै पत्ता लाग्ने दाबी गरेका हुन् । 

null

उनले निर्मला प्रकरणमा केही निकायहरुको लापरवाहीले गर्दा अनुसन्धान जटिल अवस्थामा पुगेका कारण दोषीलाई कानूनी कठघरामा उभ्याउन नसकिएको स्पष्ट पारे । ‘केही निकायको लापारबाहीका कारण अन्यौलता पैदा भएको हो । अहिले अनुसन्धान जारी छ’, उनले भने । 

यस्तै गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरिरहेको ध्वंसात्मक गतिविधिप्रति सरकार गम्भीर रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागिपरेको बताए। ‘केही समूहले यो बीचमा केही विस्फोटन र ध्वंसात्मक गतिविधि गरेका छन्, यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *