परिक्षार्थी आन्दोलनमा उत्रेपछी जनकपुर तनावग्रस्त


चैत्र १५, काठमाडौँ । एसइई परिक्षाको शुक्रबार हुने भनिएको सामाजिक बिषयको प्रश्नपत्र प्रदेश नं. २ मा एक दिन अगाडी नै आउट भएपछी परिक्षा स्थगित हुँदा जनकपुरमा विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् । सामाजिक बिषयको परिक्षा स्थगित भए लगतै विद्यार्थीहरुले आन्दोलन गरेपछी जनकपुरको स्थिती तनावग्रस्त भएको छ ।
यसरी परिक्षा आगावै नै प्रश्नपत्र आउट हुँदा राष्ट्रिय परीक्षा बोर्डबाटै सामाजिक विषयको परिक्षा स्थगित गरिएको हो । विद्यार्थीको भविष्यसँग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोक, रामचोक लगायतका स्थानमा बिहानै देखि परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।
null
लगातार २ पटक प्रश्नपत्र आउँट हुनु भनेकाे सुनियोजित रहेको भन्दै परीक्षार्थीहरुले जनकपुरको भानुचोक, रामचोक लगायतका बिभिन्न ठाउँमा बिहानै देखि बिरोध
प्रदर्शन गरेका छन् । उनीहरुले धनुषा जिल्ला प्रशाशन कार्यालय अगाडि टायर बालेर बिरोध गर्नुका साथै एक कारमा समेतमा तोडफोड गरी क्षती पुर्याएका छन् ।
