राजपाद्वारा संसद अवरुद्ध

 

 फागुन २९, काठमाडौँ ।  राष्ट्रिय जनता पार्टी (राजपा) ले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।  

सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले मधेश तथा थारुहट आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा न्यायिक छानविनका लागि सरकारले गठन गरेको न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आ–आफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेको हो । 

null

राजपाको अवरोधपछि संसद बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । 

बैठक सुरु हुनासाथै राजपा सांसदहरुले संसद अवरुद्ध गरेका थिए । सभामुख कृष्णबहादुर महराले आ–आफ्नो स्थानमा बस्न आग्रह गर्दा पनि राजपा सांसदले अवरोध गरेपछि महराले राजकिशोर यादवलाई बोल्न समय दिएका दिए । 

राजपाका सांसद यादवले बोलेपछि विरोध गर्दै संसद अवरुद्ध पारेका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *