सिकेसँगको सहमतिले राष्ट्रिय अखण्डतामाथि प्रहार भएको भन्दै नेविसंघ आन्दोलित

 

फागुन २८, काठमाडौँ । सिके राउत र सरकारबीच भएको सहमतिको विरोधमा नेपाल विद्यार्थी संघ आरआर इकाईले काठमाडौँमा प्रदर्शन गरेको छ । 

मंगलबार बिहान आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । सरकार देश टुक्राउन उद्दत रहेको भन्दै त्यसलाई रोक्न प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइले जनाएको छ । 

null

 

गैरन्यायिक व्यक्तिलाई अदालत र सरकारको सेटिङमा जेलबाट रिहा गरी सम्झौता गरेर सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेका कारण विरोध प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइका अध्यक्ष पुस्कर बास्तोलाले बताए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *