धरानमा दिवंगत आत्माको शान्ति पूजा

 

चैत्र ७,  धरान ।  मृतकको आत्मा शान्ति पूजा (मानी मोलम) वृहत रुपमा सम्पन्न गरिएको छ । नेपाल तामाङ महिला घेदुङ सुनसरी, श्री हिमालय महायान रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बा धरानका आङ समूह, गुरुङ आमा समूहको आयोजना तथा बौद्ध दाहसंस्कार धरानको संयोजनमा पूजा सम्पन्न भएको हो । 

धरानमा यस्तो पूजा विगत ६ वर्ष देखि हुँदै आइरहेकाे छ । हरेक फागु पुर्णिमाकाे दिन मृतकहरुको आत्मा शान्ति र मुक्तिका लागि बौद्ध धर्मावलम्वीहरुमा यो पूजा गर्ने परम्परा रही आएको छ । यो दिन भगवान् बुद्धले आफुले प्राप्त गरेको ज्ञान र शक्तिको परिक्षामा सफल भई दिवंगत माता मायादेवीको आत्मा कहाँ कस्तो अवस्थामा छ भनि ध्यान गरी हेर्दा बत्तिसकोटी देवता रहेको देवलोकमा पुर्नजन्म लिएको पाएपछि सबै मृतकको यसरी नै स्वर्गवास, वैकुण्ठवास होस्, मुक्ति र शान्ति प्राप्त होस् भनि भगवान बुद्धले प्रार्थना गरेकाले यस दिनलाई महत्वका साथ मृतकको मुक्तिका लागि प्रार्थना र पूजा गर्ने दिनको रुपमा बौद्धमार्गीहरुले मानाउँदै आइरहेकाे नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङले बताए । 

null

 

धरान–८ स्थित बौद्ध दाहसंस्कार परिसरभित्र रहेको छोर्तेन(माने) मा खेन रिम्पोछे तेन्जिङ वाइवा र दर्जनौं लामा धर्म गुरुहरुद्धारा पूजापाठ र प्रवचन समेत गरिएको पूजामा हजारौं सहभागीहरुले आफ्नो परिवारको दिवंगत सदस्यहरुको नाममा १०८ बत्ति बाल्नुका साथै लुङ्दरहरु गाडेका छन् । गुम्वा वा घरमा बनाईएको पूजा कोठा (छोसेम) मा मृतकका परिवारले आफ्नो परिवारको दिवंगत सदस्यको आत्माको शान्तिको लागि पूजा गर्ने परम्परालाई वृहत रुपले सार्वजानिक स्तरमै पूजाको आयोजना गर्नाले फागु पूर्णिमाको धार्मिक महत्व दर्शाउन र बौद्ध धर्मप्रति चेतना एवम् जागरण फैलाउन ठूलो मद्दत पुगेको नेपाल तामाङ घेदुङका सुनसरी अध्यक्ष सुरज लामा पाख्रिनले बताए ।  

 

पूजामा धनकुटा, सुनसरी, मोरङ, झापा, उदयुपुर, भाजेपुर, तेह«थुम लगायतको जिल्लावाट तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर र थारु समुदायहरुको हजारौंको संख्यामा सहभागिता रहेको नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानले बताए । उनले आगामी वर्षदेखि टाढा टाढाबाट आउने सहभागी तथा भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर पूजालाई ३ दिनसम्म सञ्चालन गरिने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *