निर्देशिकाबाट झस्किएका किसान भन्छन्, दुध स्वच्छ वनाउने वातावरण राज्यले मिलाउनु पर्छ

 

चैत १३ गते । दुधको स्वच्छतामा कुनै सम्झौता गर्न नहुने तर त्यसका लागि वातावरण तयार पार्न सरकार गम्भीर हुनु पर्ने दुध उत्पादक किसानहरुले बताएका छन् । किसानले पशुपालन गर्ने सहज बातावरण नहुँदा सम्म सरकारले हालै जारी गरेको दुग्ध तथा दुग्धजन्य पदार्थमा स्वच्छता गुणस्तर सम्वन्धी निर्देशिका २०७५ कार्यान्वयनमा चुनौती हुने उनीहरुको चेतावनी समेत छ । 

सरकारले यही चैत ४ गते सो निर्देशिका मुलुक भरनै लागु हुने गरी जारी गरेको थियो । प्रदेश नम्वर ३ को भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले नयाँ निर्देशिकाका बारे चितवनका किसानहरुलाई जानकारी गराउन मंगलवार भरतपुर र बुधवार रत्ननगरमा अर्न्तक्रिया कार्यक्रम गरेको छ । रत्ननगरमा आयोजिक कार्यक्रममा दुधको स्वच्छताका लागि सरकारले जारी गरेको निर्देशिकामा कुनै सम्झौता नगरिने तर त्यसका लागि वातावरण सरकारले वनाउनु पर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले बताए । 

null

स्वच्छ दुध उत्पादनको नतिजा निकाल्न सरकारले आधुनिक उपकरण सहयोग गर्नु पर्ने, तालिम दिनु पर्ने, दुग्ध सहकारीको पुर्वाधार निर्माणमा सहयोग गर्नु पर्ने, दुधमा कुन जीवाणु छ भन्ने उपकरण वितरण गर्नु पर्ने,मिसावट जाँच गर्ने किटको व्यवस्था गरे मात्रै नयाँ निर्देशिका कार्यान्वयन हुने बगालेले बताए । नत्र निर्देशिका कार्यान्वयन कठिन हुने उनको दावी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतका अनुसार उत्पादनदेखी उपभोग गर्ने सम्मलाई निर्देशिका बनाईएको हो । 

निर्देशिका अनुसार थुनेलो लागेको पशुको दुध नष्ट गर्नु पर्ने,दुध दुहेको २ घण्टा भित्र चिस्यान केन्द्र पुर्याउनु पर्ने,संकलन केन्द्र सम्म पुग्न बाटो र बिजुलीको व्यवस्था हुनु पर्ने, स्टिल वा आल्मुनियमको भाँडा वाहेक अरु भाँडामा दुध राख्न नहुने,४ डिग्री सेल्सीयसमा चिसो वनाएर मात्रै चिस्यान केन्द्रबाट पठाउनु पर्ने ,लेवल लगाएर मात्रै बिक्री गर्नु पर्ने,तालिम प्राप्त व्यक्तीले मात्रै बिक्री गर्नु पर्ने लगायत बुँदाहरु रहेका छन् । कार्यक्रममा सो निर्देशिकाबारे डिभिजन कार्यालयका प्रमुख राउत र खाद्य पदार्थको नियमन तथा वर्तमान अवस्थाकाबारे कृषि मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत घननाथ तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

मन्त्रालयका प्रसासन तथा सहकारी विभाग प्रमुख नारायण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा दुग्ध उत्पादक सहकारीका पदाधिकारी,व्यवस्थापक,किसानहरुको सहभागीता रहेको थियो । चितवनमा १ सय ३५ वटा दुग्ध सहकारी,३ सय भन्दा बढी साना डेरी पसल,४ सय भन्दा वढि व्यवसायिक किसान छन् । चितवनबाट दैनिक ३ लाख लिटर दुध उत्पादन हुँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *