आकर्षणको केन्द्र जामुनखाडीः पर्यटकबाटै वार्षिक ३ करोड आम्दानी
चैत ५, विराटनगर । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनखाडी सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ । करिब ४० हेक्टरमा क्षेत्रफलमा फैलिएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा संरक्षित गरिएका लोपोन्मुख बन्य जन्तु हेर्न, सिमसारमा सञ्चालित बोटिङको सयर गर्न, वाल उद्यानमा रमाउन, झोलुंगे पुलमा चढेर दृष्यावलोकन गर्न तथा मनोरञ्जनका लागि सो क्षेत्र आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटकहरुको प्रमुख गन्तव्य बनेको हो ।
null
बिक्रम सम्वत २०५२ सालमा स्थापना भएको ४ सय ३४ हेक्टर क्षेत्रफलको जामुनबारी सामुदायिक वन अन्तर्गत ४० सय हेक्टर क्षेत्रफलमा फैलिएको सो सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने सोच २०६५ सालमा ल्याइएको जमुनवारी समुदायिक बन उपभोक्ता समिति, जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रका अध्यक्ष खेम सिटौलाले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको यो जामुनबारी अहिले पूर्वकै प्रमुख आर्कषक पर्यटकीय गन्तव्य स्थल मध्येको एक बनेको छ । संरक्षित गरेर राखिएका लोपोन्मुख वन्यजन्तुहरू हरिण, मृग, लोखर्के, अजिंगर, बाँदर, ढेडु, भालु, चितुवा, बन्ढाडे लगायत विभिन्न प्रजातीका चरा, यहाँका प्रमुख आकर्षण हुन् ।
उनले भने ‘जामुनबारी सामुदायिक बनमा थुप्रै सिमसारहरु छन् । हामीले यस भित्रका विभिन्न पोखरी र लोपोन्मुख जनावरहरु संरक्षण गरेर सिमसार क्षेत्रलाई उचित व्यवस्थापन गर्न सकियो भने प्रयाप्त आम्दानी गर्न सकिन्छ भनेर यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेका हौँ ।’
पूर्व पश्चिम राजमार्गदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको यो जामुनबारी अहिले पूर्वकै प्रमुख आर्कषक पर्यटकीय गन्तव्य स्थल मध्येको एक बनेको छ । संरक्षित गरेर राखिएका लोपोन्मुख वन्यजन्तुहरू हरिण, मृग, लोखर्के, अजिंगर, बाँदर, ढेडु, भालु, चितुवा, बन्ढाडे लगायत विभिन्न प्रजातीका चरा, यहाँका प्रमुख आकर्षण हुन् । सो स्थानमा रहेका पोखरीमा सञ्चालित १५ वटा नाउमा पर्यटकले सयर गर्नसक्ने व्यवस्था मिलाइएको छ । पोखरीमा रहेको झोलुंगे पुलमा बसेर यहाँको दृश्यावलोकन गर्नुको छुट्टै आनन्द छ ।
बालबालिकाका लागि छुट्टै उद्यान समेत बनाइएको छ । त्यस्तै पर्यटकको सुविधाका लागि रोटे पिङको समेत व्यवस्था गरिएको छ । शुरुमा वार्षिक ८ लाख रुपैँया आम्दानी गरेको यो सिमसारले हाल ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेको अध्यक्ष सिटौलाले जानकारी दिए । उनले भने ‘यहाँ न्यूनतम वर्षमा तिनलाख बढी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । यस पर्यटकीय क्षेत्रमा प्रवेश शुल्क, जल विहार, वन पैदावार बाट ३ करोड रुपैयाँ वार्षिक आम्दानी गर्न सफल भएका छौँ ।’
४ जना कर्मचारी राखेर शुरु गरिएको यो पर्यटकीय स्थलमा अहिले २ दर्जन बढीले रोजगारी पाएका छन् । सो वन उपभोक्ता समितिले विभिन्न क्षेत्रमा उकृष्ट बन्दै राष्ट्रिय स्तरका पुरस्कारहरु समेत प्राप्त गरेको अध्यक्ष सिटौलाको भनाइ छ । हाल यस पर्यटकीय क्षेत्रमा नेपालका विभिन्न जिल्ला, भारतको पश्चिम बंगाल, बिहार लगायतका ठाँउबाट पनि पर्यटक दृयावलोकन र मनोरञ्जनका लागि आउँने गरेको उपभोक्ता समुहका सदस्य अर्जुनकुमार गिरिले बताए ।
हाल यस क्षेत्रमा बाहै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी पर्यटकहरू संरक्षीत बन्यजन्तु हेर्न र प्राकृतिक दृश्यावलोकनका लागि आउँने गरेका छन् । पर्यटकहरु सो पर्यटकीय क्षेत्रमा वनभोज खान, माया पिरती साट्न, नैका बिहार गर्न र रमणीय दृष्यालोकन गरेर मनोरञ्जन लिनका लागि पर्यटकहरुको भीड लाग्ने गर्छ ।
उनले भने ‘यहाँ मनोरञ्जन गर्न, पिकनिक मनाउन, संरक्षण गरेर राखिएका विभिन्न वन्य जन्तु हेर्न पर्यटकहरु नेपाल र भारतबाट आउँछन् । हामीले पर्यटकहरुको सुविधा क्रमश थप गर्दै लैजाने योजना बनाएका छौँ । यसबाट वर्षेनी पर्यटकहरुको संख्या बढाउदै लैजाने हाम्रो लक्ष्य छ ।’ अध्यक्ष सिटौलाले नेपालमै पहिले आत्मनिर्भर भएर सञ्चालनमा आएको पर्यटकीय क्षेत्र भएको दाबी गदै सो क्षेत्रको आम्दानीबाट शिक्षा, स्वास्थ्य, रोजगार र स्थानीउ पूर्वाधार विकासमा खर्च गरिने गरिएको जानकारी दिए । ‘यहाँको आम्दानी यहिँ खर्च गर्छौँ ।’ उनले भने ‘अहिले सम्म प्रयाप्त कामहरु हामीले गरेका छौँ ।’
हाल यस क्षेत्रमा बाहै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी पर्यटकहरू संरक्षीत बन्यजन्तु हेर्न र प्राकृतिक दृश्यावलोकनका लागि आउँने गरेका छन् । पर्यटकहरु सो पर्यटकीय क्षेत्रमा वनभोज खान, माया पिरती साट्न, नैका बिहार गर्न र रमणीय दृष्यालोकन गरेर मनोरञ्जन लिनका लागि पर्यटकहरुको भीड लाग्ने गर्छ । विद्यार्थीहरू चुरे पहाडको फेदीमा रहेको यहाँको भौगोलिक विविधता, वन्यजन्तुका बारेमा अध्ययन गर्न आउने गर्छन् । सो क्षेत्रमा पुग्ने पर्यटकहरुले आनन्दको अनुभुति गर्ने गरेका छन् । झापाको इट्टाभटाका कृष्ण थामीले भने ‘यहाँ थुप्रै बन्यजन्तुहरु संरक्षण गरेर राखिएको रहेछ । हेर्न पाइयो । यहाँको सुविधा र शुन्दर वातावरणले मनै आनन्दीत बनाउँछ ।’
पर्यटकहरुको बृद्धि सँगै आसपासको क्षेत्रमा व्यापार व्यवसाय पनि बृद्धि भएको छ । अहिले सो पर्यटकीय क्षेत्र अगाडी थुप्रै होटल तथा पशलहरु सञ्चालनमा आएका छन् । सो क्षेत्रमा पुग्नका लागि समस्याका रुपमा रहेको छ ग्राभेल सडक करिब १ दशमलब ४ किलोमिटर दुरीको सो सडक चाँडै कालो पत्रे गरे आम पर्यटकहरुलाई सहज रुपमा पुग्न सजिलो हुनेछ । त्यसर्थ यस तर्फ समिति र स्थानीय सरकाले ध्यान दिन जरुरी देखिन्छ ।