सरकारले हाम्रो मागलाई बेवास्ता गर्यो, समर्थन फिर्ता लिन्छौँ: राजपा सांसद

 

फागुन २६, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले सरकारले आफ्नो पार्टीलाई झुटा आश्वासन मात्रै दिएको आरोप लगाएको छ । 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजपा सांसद महिन्द्र राय यादवले सरकार निर्माण प्रक्रियामा आफ्नो पार्टीले समर्थन जनाउँदै गर्दा सरकारले झुटो आश्वासन मात्रै दिएको आरोप लगाएका हुन् । 

null

‘यो सरकार निर्माणको समयमा हामीले समर्थन जनाएका थियौँ । सरकारका प्रतिनिधित्व गर्ने नेतासँग हाम्रो बारम्बार छलफल पनि भएको थियो । दुई तिहाईको सरकारले मुलुकमा शान्ति स्थिरता, सुशासन र मधेशले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्धताका कारण हामीले समर्थन गरेको हौँ । तर सरकारले हामीलाई आश्वासन दिने काम मात्रै गर्यो’, सांसद यादवले भने । 

उनले सरकारसँग एक वर्षभन्दा बढी छलफल हुँदा पनि आफ्ना पार्टीको मागहरुलाई सम्बोधन नगरेको भन्दै अब केही दिनमा संविधान संशोधनको मुद्दा टुंग्याउने बताए । ‘जेलमा भएका व्यक्तिहरुलाई हामी रिहाई गर्छौँ । आन्दोलनमा घाइते भएकाको उपचार खर्चको व्यवस्था गर्छौँ । झुटा मुद्दाहरु फिर्ता गर्छौँ । लगायतका मागहरु सरकारले पुरा गर्ने प्रतिबद्धता जनाएका कारण हामीले समर्थन गरेका थियौँ तर सरकारले हाम्रो मागलाई वास्ता गरेन’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *